RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/१७ गते
७५९ पटक

सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी डोज लगाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्ध सबैलाई चैतसम्ममा खोप लगाउने योजनाअनुसार बुधबारसम्ममा एक करोड ९२ हजार एक सय ६ डोज खोप लगाइसकिएको जानकारी दिए।

बुधबारसम्ममा १७.९ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् भने १५.४ प्रतिशतले पूर्ण मात्रा लगाएका छन्। जसअनुसार पहिलो डोज ५४ लाख २४ हजार आठ सय ३६ जनाले र ६४ लाख ६७ हजार तीन सय २८ जनाले पूर्ण खोप लगाएका छन्।

सरकारले भोरोसेल, जे एन्ड जे, कोभिसिल्ड, जापाननिर्मित एस्ट्राजेनेका, स्विडिस एस्ट्राजेनेका खोप ल्याएको छ। सरकारले असोज मसान्तसम्म ३० प्रतिशतलाई खोप लगाउने योजनाअनुसार काम गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्