RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/१७ गते
७४१ पटक

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा खोपयोग्य नागरिकमध्ये १५ प्रतिशतले पूर्णखोप लगाउन सफल भएकोमा धन्यवाद दिएको छ । विश्व स्वास्थ्य संगठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल सिंहले १५ प्रतिशत नागरिकले पूर्णखोप लगाउन सफल भएको भन्दै बिहीबार बधाइ दिएकी हुन् ।

निर्देशक खेत्रपालले ट्वीट गर्दै नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गरी छोटो समयमा पूर्णखोप लगाउनेको संख्या धेरै भएको बताइन्।  हालसम्म नेपालमा ४७ लाख बढी नागरिकले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।

प्रतिकृया दिनुहोस्