रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/२० गते
५७९ पटक

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार देशभरबाट १५ सय ३४ जना डिस्चार्ज भएका हुन् । यो सँगै नेपालमा निको हुनेको संख्या ७ लाख २७ हजार १ सय ८५ पुगेको छ ।
यस्तै २४ घण्टामा गरिएको ७ हजार ९ सय ७१ परीक्षणमा १ हजार ८९ जना संक्रमित थपिएका छन् । ५ हजार १ सय ७० पीसीआर परीक्षणमा थप ९ हजार ७६ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ६९ हजार २ सय ७१ पुगेको छ ।
कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ ।
हालसम्म देशभर ३९ लाख ५८ हजार ११२ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २६६ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ३१ हजार २४८ जना रहेको छ ।