RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/२१ गते
५४८ पटक

काठमाडौँ, २१ भदौ । संखुवासभामा २ जना बच्चासहित एकै परिवारका ६ जनाको हत्या भएको छ ।मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्याको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।

घटनाको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको छ ।

प्रहरीका अनुसार ६ जनालाई धारिलो हतियारले हानेर हत्या गरेको पाइएको छ । परिवारका केही सदस्यको शव बाहिर र केहीको भित्र फेला परेको तथा एक जना वृद्ध सदस्य भने जोगिएको प्रहरीले जनाएको छ ।

८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको छन् ।

 

प्रतिकृया दिनुहोस्