RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/२१ गते
७८८ पटक

पछिल्लो २४ घन्टामा देशभर एक हजार आठ सय ९७ नयाँ संक्रमित थपिएका छन्। १५ हजार नाै सय ७९ नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट ११ हजार ६ सय नाै नमुनामध्ये एक हजार चार सय ८८ र एन्टिजेन विधिबाट चार हजार तीन सय ७० मध्ये चार सय नाै नमुनामा कोरोना भाइरस पाइएको हो।

यो समयावधिमा देशभर थप २० संक्रमितको मृत्यु भएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। आज एक हजार सात सय ४३ जना संक्रमण मुक्त भएका छन्। अब देशभर ३० हजार नाै सय ७३ सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया दिनुहोस्