RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/२३ गते
१००९ पटक

एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठनसँगै अल्पमतमा परेकी शाक्यले बुधबार १० जनालाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद्को संख्या १२ पुगेको छ।

शाक्यले रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदीलाई आन्तरिक मामिला तथा कानुन, शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएकी छन्।

यस्तै, प्रदीपकुमार कटुवाल क्षेत्रीले स्वास्थ्य, अजयक्रान्ति शाक्य  सामाजिक विकास मन्त्रालय र चन्द्र लामा भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री बनेका प्रदेश प्रमुख कार्यलयका कानुन अधिकृत राजेश तामाङले  जानकारी दिए।

राज्यमन्त्री पाउनेहरूमा जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनाली छन् । उनीहरूले क्रमशः भौतिक पूर्वाधार विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । मन्त्री बनेका सबैले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

प्रतिकृया दिनुहोस्