RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/२५ गते
७३९ पटक

सरकारले आजको संसद् बैठकमा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरे पनि अर्थमन्त्री जनार्दन शर्माले विपक्षीको घेरा तोडेर विधेयक टेबल गर्ने सत्तापक्षको तयारी छ ।

पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई भने वर्तमान सरकारले परिमार्जन गर्ने भएको छ । यही कारण बजेट अध्यादेश जस्ताको त्यस्तै प्रस्तुत नगरेर प्रतिस्थापन विधेयक ल्याउन लागिएको अर्थ मन्त्रालय स्रोतले रातोपाटीलाई बतायो ।

सरकारले विधेयकहरू प्रस्तुत गरिरहँदा प्रमुख प्रतिपक्षी एमालेले भने आफ्नो माग सम्बोधन नभएसम्म संसद् चल्न नदिने बताएको छ । आजको बैठक दिउँसो १ बजे बस्दैछ ।

यसैबीच अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्षसँग अर्थमन्त्री जनार्दन शर्माको भेट शनिबारका लागि सरेको छ । आज हुने भनिएको भेट संसद्मा अर्थमन्त्रीको व्यस्तताका कारण शनिबारलाई सारिएको स्रोतले रातोपाटीलाई बतायो ।

प्रतिकृया दिनुहोस्