रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/२५ गते
९४४ पटक

काठमाडौँ: नेकपा एमालेका सांसदहरुको अवरोधका बावजुद संसद बैठक तेस्रो पटक सुरु भएको छ ।
यसअघि अवरोधकै कारण दुई पटक बैठक स्थगित गरिएको थियो । यससँगै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७८, राष्ट्रिय ऋण उठाउने विधेयक २०७८, विनियोजन विधेयक २०७८ संसदमा टेबल गरेका छन् ।
अहिले संसद बैठकमा नाराबाजीका बीच अर्थमन्त्री शर्माले विधेयक पेस गरिरहेका छन् । यसअघि विधेयक टेबल गर्ने क्रममा एमालेका सांसदहरुले अवरोधसँगै तोडफोड समेत गरेका थिए ।