रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/२७ गते
६०० पटक
काठमाडौँ, २७ भदौ । सत्तारुढ गठबन्धनको विहान १० बैठक बस्दै छ । बालुवाटारमा बस्ने बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसद अवरोधका बाबजुद कसरी अघि बढ्नेबारे बैठकमा छलफल गरिने बुझिएको छ ।
त्यस्तै, राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउनेबारे जसपा र नेकपा एकिकृत समाजवादीबीच विवाद भइरहेको छ ।
नेकपा एकीकृत समाजवादीले प्रतिस्थापन विधेयक ल्याउनुपर्नेमा जोड दिएको छ भने जसपाले फिर्ता लिनुपर्ने अडान राखेको छ ।