RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/२९ गते
७४३ पटक

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टको मुद्दामा अन्तरिम आदेश दिएको छ। आदेशमा एकीकृत समाजवादीमा आवद्ध हुन पाउने अधिकारमा असर नपर्ने कुनै काम कारवाही नगर्न नगराउन भनिएको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको मंगलबारको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादी आवद्ध हुनमा रोक नलगाउन अन्तरिम आदेश दिएको हो। एकीकृत समाजवादी रोज्नु पाउनुपर्ने दुवैले हालेको रिटमा सुनुवाइ गर्दै इजलासले सनाखतपूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्नेगरी कुनै कारवाही नगर्न नगराउन अन्तरिम आदेशमा भनिएको छ।

पाण्डे र भट्ट दुवैजनाले नेकपा एकीकृत समाजवादीमा समावेश हुन पाउ भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाइ गत मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए।  गत बुधबार न्यायाधीश अनिल सिन्हाको इजलासमा रिटमाथि पेशी तोकिएपनि हेर्न नभ्याइने सूचिमा राखिएको थियो।

प्रतिकृया दिनुहोस्