RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/३१ गते
५८९ पटक

दसैं पर्वलाई लक्षित गरी यस वर्ष बैंक तथा वित्तीय संघ संस्थाहरुले नयाँ नोट वितरण गर्ने भएका छन् ।यसपाली समयमै नयाँ नोट स्टक राखेको कारण दसैंको अवसरमा पोखराबाट पनि नयाँ नोट वितरण गरिने नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वर भट्टराईले बताए ।

“यस वर्ष हामी यस क्षेत्रका उपभोक्तालाई पर्व लक्षित गरी नयाँ नोट वितरण गर्नेछौं” उनले भने, “केन्द्रको निर्देशन अनुसार अबको केही दिनबाटै नयाँ नोट वितरण हुने छ ।” गत वर्ष कोरोनाको कारण समयमै नयाँ नोट छाप्न नसकेर स्टक नहुँदा सुकिला नोट वितरण गरेको राष्ट्र बैंकले यस वर्ष भने नयाँ नोट वितरण गर्ने भएको हो ।

राष्ट्र बैंकबाट मात्र भन्दा सम्बन्धित बैंक तथा वित्तीय संघ संस्थाहरुलाई आम जनता सामु नयाँ नोट वितरण गराउने भन्दै उनले यस वर्ष नयाँ नोट वितरणमा कुनै समस्या नहुने दाबी गरे ।

५, १०, २०, ५०, १ सय का नोटको मौज्दात पर्यापत रहेको भन्दै उनले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ नोट वितरण गर्दा राष्ट्र बैंकलाई कम भार हुने र जनतालाई पनि सहज हुने जनाए ।

गत वर्ष नयाँ नोट सटही नगरे पनि एक÷दुई पटक बजारमा आएका नोटलाई पुनः संकलन गरिएको र चलन चल्तीमा प्रयोग गर्न मिल्ने प्रकारका सुकिला नोटलाई प्रयोग गरिएको थियो । बैंक तथा वित्तीय संघ संस्थाहरुलाई भने नयाँ नोट दिन सुरु गरेको निर्देशक भट्टराईले बताए ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्