RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/५ गते
४५२ पटक

नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार २०७६ जेठको ३१ गतेदेखि २०७८ भदौ १० गतेसम्ममा खाने तेलको मूल्य दोब्बरले वृद्धि भएको हो । नेपाल खुद्रा व्यवसायी महासङ्घको तथ्याङ्कअनुसार गत दुुई वर्षको बीचमा काँचो तोरीको तेल प्रतिलिटर १०० रुपैयाँ, भुटेको तोरीको तेल प्रतिलिटर १४० रुपैयाँ र सनफ्लावर तेल प्रतिलिटर १०५ रुपैयाँले बढेको छ ।

यो तथ्याङ्क २०७६ जेठ ३१ देखि गएको भदौ १० गतेसम्मको हो । २०७७ को जेठ ३१ मा प्रतिलिटर १६० रुपैयाँ रहेको काँचो तोरीको तेलको मूल्य गत भदौ १० गते बढेर प्रतिलिटर २६० रुपैयाँ भएको छ । यो अवधिमा काँचो तोरीको तेल प्रतिलिटर १०० रुपैयाँ बढेको छ ।

यो अवधिमा भटमासको तेल प्रतिलिटर १०५ रुपैयाँले बढेको छ । यस्तै २०७६ जेठ १० गते प्रतिलिटर १३५ रुपैयाँ रहेको सनफ्लावर तेल गत भदौ १० गते बढेर प्रतिलिटर २५० रुपैयाँ भएको छ । यो अवधिमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ बढेको छ ।

२०७७ को माघ पहिलो साता विभागले उद्योगमा नै गएर अनुगमन गरेको थियो । अनुुगमनपश्चात बारामा रहेका दुई तेल उद्योगले बढी मूल्य लिएको भन्दै विभागले तीन/तीन लाख रुपैयाँ जरिवाना गर्दै मूल्य घटाउन निर्देशनसमेत दिएको थियो ।

विभागले हाल सञ्चालनमा रहेका २० वटा तेल उद्योगको अनुगमन गरेपछि उद्योगीले ठूलो मात्रामा मूल्य बढाएको पाइएको छ । विभागले अनुगमन गरेर मूल्य घटाउन निर्देशन दिए पनि उद्योगीले पत्रमा मात्र घटाएको तर उपभोक्ताले घटेको अनुभव गर्न नपाएको खुद्रा व्यापारीको भनाई छ ।

प्रतिकृया दिनुहोस्