RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/६ गते
५५७ पटक

काठमाडौँ —  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार देशभर गरी १ हजार ६३० जना कोरोना निको भएर डिस्चार्ज भएका हुन् । यो सँगै नेपालमा निको हुनेको संख्या ७ लाख ५५ हजार ६३० पुगेको छ ।

यस्तै २४ घण्टाको पीसीआर परीक्षणमा १ हजार २५१ जनामा कोरोना पुष्टि भएको छ । २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।सक्रिय संक्रमितको संख्या भने २१ हजार १३९ रहेको छ ।

हालसम्म पीसीआर परीक्षण संख्या ४१ लाख १४ हजार ५७९ पुगेको छ । क्वारेन्टाइनमा २४३ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्