RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/११ गते
८५१ पटक

काठमाडौं । नेकपा (माओवादी केन्द्रले) अध्यादेश फिर्ता लिएर सरकारलाई शीघ्र पूर्णता दिने विषयमा पहल गर्ने निर्णय गरेको छ ।

स्थायी समिति सदस्य गणेस साहले भने, ‘आज अध्यादेश फिर्ता प्रक्रिया संसदमा शुरू हुन्छ र कानूनमन्त्रीले फिर्ताको प्रस्ताव सुनाउनुहुन्छ भन्ने जानकारी प्रचण्डले हामीलाई दिनुभयो ।’

‘सरकार बनाउनेतिर जोड दिएर लाग्ने भन्ने भएको छ,’ नेपाल प्रेससँग उनले भने, ‘जटिलताहरू सल्टाउँदै सरकार विस्तारमा तीब्ररूपमा लाग्ने निर्णय भएको छ ।’

आजको बैठकमा जनार्दन शर्मा र देव गुरुङले पार्टी सम्मेलनको मिति हेरफेरबारे प्रस्तावसमेत राखेका थिए । प्रस्तावमा सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने, स्थानीय स्तरमा हुने वडा भेला कात्तिक १३ गते र मंसिर ४ गते पालिकास्तरीय भेला गर्ने उल्लेख छ।

यसबारे अर्का स्थायी कमिटी सदस्य गुरुङले भने, ‘पहिला भएको टाइम अलि टाइट भयो भ्याइएन, टाइम सानुपपर्‍यो भन्ने कुरा सिफारिस भएको हुनाले त्यही अनुसारको छलफल भयो, पार्टी सदस्यको नवीकरण असोज मसान्तसम्म जारी राख्ने, टोल भेलाहरू कात्तिक ६ गते गर्ने भन्ने कुरा भएको छ, कात्तिक १३ गते वडा सम्मेलन गर्ने र मंसिर ४ गते स्थानीय पालिकाहरूको सम्मेलन भन्ने कुरो छ ।’

 

प्रतिकृया दिनुहोस्