RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/११ गते
३५१ पटक

काठमाडौं : राष्ट्रियसभाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ पारित गरेको छ । प्रतिपक्षी दल एमालेको अवरोधका बीच दुई विधेयक पारित भएका हुन् ।

सोमबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए।दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पठाइएको थियो । योसँगै आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ पुनः प्रतिनिधि सभामा जानेछन् ।

प्रतिनिधिसभाले सभामुख हुँदै प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुग्छ र प्रमाणिकरण भएपछि कार्यान्वयनमा जानेछ ।

प्रतिकृया दिनुहोस्