रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/११ गते
६९३ पटक
काठमाडौँ, ११ असोज । सोमबार नेप्सेमा ७३ अंकले गिरावट आएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार परिसूचक ७३.०५ अंकले घटेर २६ सय ८५.४१ बिन्दुमा झरेको हो ।
आइतबार पनि ६१ अंकले नेप्से घटेको थियो ।नेप्सेका अनुसार यसदिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२.९४ अंकले घटेर ५०६.३३ विन्दुमा झरेको छ । आज सबैजसाे कम्पनीकाे काराेबार घटेकाे छ ।
आज कुल २२७ कम्पनीका एक करोड ४ लाख ७८ हजार कित्ता बजारमा ६७ हजार ५८७ पटक किनबेच हुँदा कारोबार रकम ५ अर्ब १२ करोडमा सीमित भएको छ ।