RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/१२ गते
८९१ पटक

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्डको बैंकक जाने भएका छन्। उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ।

पूर्व उर्जामन्त्री पुन लामो समयदेखि जण्डिसबाट ग्रसित छन्।  चार वर्ष पहिले पनि उनले बैंककमा उपचार गराएका थिए। केहि दिनअघि थापाथली स्थित नर्भिक अस्पतालमा उनले उपचार गराएका थिए। त्यहाँ निको नभएपछि थप उपचारका लागि उनी बैंकक जान लागेका हुन्।

सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनलाई भेटेका थिए। उनले नेता पुनलाई बैंकक गएर थप उपचार गर्न सुझाव दिएका थिए।

प्रतिकृया दिनुहोस्