RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/१३ गते
६८३ पटक

प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गरेका छन्।

विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको बताउँदै प्रधानमन्त्री देउवाले यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्वमध्येको एक जितिया पर्व पनि भएको उल्लेख गरेका छन्।

विविध संस्कार, संस्कृति रीतिरिवाज एवं मूल्यमान्यताले जितियालगायत पर्वको विशिष्ट महत्वलाई आत्मसात् गर्दै नेपाल सरकार यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा प्रतिबद्ध रहेको उनको भनाइ छ। जितिया पर्व मनाउने सबैलाई एकताबद्ध भई हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले आमा र सन्ततिबीचको पारस्परिक सद्भाव, मातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्