रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/१३ गते
५२१ पटक

काठमाडौं : यसदिन शेयर कारोबार मापन नेप्से ५०.५८ अंकले वृद्धि भएर २६६५.९३ विन्दुमा अडेको छ। कारोबारको अघिल्लो दिन मंगलबार नेप्से ७०.०१ अंकले घटेर २६१५.४० बिन्दुमा झरेको थियो। सोमबार ७३ अंकले घटेर २६८५.४१ विन्दुमा अडेको थियो।
२२९ कम्पनीको ९ करोड ८९ लाख ४ हजार ४७८ कित्ता शेयर ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँमा खरिदबिक्री भए।
ठूला कम्पनीको शेयर कारोबार मापन यसदिन सेन्सेटिभ इण्डेक्स ८.५८ अंकले बढेको छ। यस दिन १३ वटै समूहको परिसूचक बढेका छन्।
कारोबार रकमका आधारमा यसदिन अपि पावर शीर्षस्थानमा रह्यो। यो कम्पनीको यसदिन २२ करोड ६७ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो।
कारोबारको आधारमा कुमारी बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको १८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।