रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/१४ गते
४६२ पटक

काठमाडौं, असोज १४। वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ । भारतको झारखण्ड आसपास बनेको न्यूनचापीय रेखाको प्रभावका कारण वाग्मती र गण्डकी प्रदेशका केही ठाउँ र अछामका धेरैजसो ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज दिउँसो पनि पूर्ण रुपमा मौसम खुल्ने सम्भावना छैन ।दिउँसो पनि देशका धेरैजसो ठाउँमा बादल लागेर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । न्यूनचापीय रेखाको प्रभावका कारण राति पनि देशका धेरैजसो ठाउँको हल्का पानी पर्ने सम्भावना छ ।भोलि बेलुकासम्मकै मौसम यस्तै नै हुने र पर्सिदेखि मौसम सफा हुँदै जाने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।