RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/१५ गते
८४० पटक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादीहरू एकजुट भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा जनयुद्धसम्बन्धी एक पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले आफूले बेलैमा सोचेर जनयुद्धको बाटो परिवर्तन गरेर दुश्मनको घेरा तोडेको पनि बताए ।

आफूहरू फुटेपछि प्रतिक्रियावादीहरुले हेप्ने र घेरा हाल्ने काम गरिरहेको भन्दै मोहन वैद्य, विप्लब, बाबुरामलगायत सबै माओवादी धारा एक ठाउँमा आउने हो भने नयाँ जनयुद्ध जित्न सकिने पनि प्रचण्डले बताए ।

मैले भन्ने गरेको छु हामीलाई यसैगरी हेप्ने र घेरा हाल्ने हो भने नयाँ जनयुद्धमा जान्छु । त्यो भनेर अहिले नै हतियार उठाउने, भूमिगत हुने भनेको होइन । लाखौं जनतालाई लिएर सडकमा गयौं भने यिनीहरूले बनाएको निर्वाचन प्रणाली, यिनीहरूको शासकीय स्वरूपलाई फाल्न सकिन्छ’ प्रचण्डले भने ।

प्रतिकृया दिनुहोस्