RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/१७ गते
६९० पटक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा पाँच सय ७४ र एन्टिजेन परीक्षणमा एक सय पाँचजनामा संक्रमण देखिएको हो ।

यो अवधिमा सात हजार ७० जनाको पिसिआर परीक्षण र तीन हजार आठ सय ५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर १६ हजार आठ सय चारजना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घन्टामा सातजना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार एक सय ६४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्