RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/१८ गते
५२७ पटक

सुनसरी — चाडबाड नजिकिँदै गर्दा धरानको कृषि उपज बजारमा खसीबोकाको खरिद बिक्रीको चहलपहल उत्साहजनक देखिएको छ । गतवर्ष ठप्प भएको कृषि बजारमा यसवर्ष बजार खुलेको दुई सातामा ४ करोड २५ लाख रुपैयाँ बढीको खसीबोकाको कारोबार भएको छ । दसैं तिहारलाई लक्षित गरेर खसीबोकाको कारोबार कृषि बजारमा असोजको पहिलो साताको शुक्रबारदेखि खोलिएको हो ।

धरानस्थित कृषिउपज बजार । कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्षमण भट्टराईकाअनुसार प्रदेश १ कै नमुना कृषि बजार भएकाले गएको दुईसातामा ३ हजार ६ सय ९ वटा खसीबोका बिक्री भएको छ । उनले भने, ‘दसैं तिहार नजिकिएको बेला कोरोनाको त्रासकाबीच औसत करिब ४ करोड रुपैयाँको खसीबोका बिक्री भए । तीमध्ये अधिकांस धरान, इटहरी, विराटनगर र काठमाडौंका व्यापारीले उपभोक्ताका लागि लगे ।’

पहिलो साता १ हजार ५ सय ७ वटा खोसीबोका खरिदबिक्री भएको थियो । बजारमा प्रतिकिलो ५ सय ६० रूपैयाँको दरमा बिक्री हुने गरेको छ ।यो बजारमा भोजपुर, संखुवासभा, खोटाङ, तेह्रथुम, धनकुटा, उदयपुर, सुनसरी,मोरङका कृषकहरु कृषि उपज बजारमा बिक्रीका लागि ल्याउने गरेका छन् ।

धरान उपमहानगरपालिकाको सहयोगमा यसै बजारबाट नै निर्यातका लागि खसीबोकाको निरोगिताको प्रमाणपत्र जारी गरिने व्यवस्था मिलाइएको व्यवस्थापन भट्टराईले जानकारी दिए ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्