RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/१९ गते
८२० पटक

१९ असोज । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडानको ट्याक्सी वेमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ ।

काठमाडौंबाट नेपालगञ्जका लागि उडान भर्ने क्रममा रहेको जहाज मंगलबार बिहान ट्याक्सी वेमा ट्रयाकभन्दा बाहिर गएको विमानस्थलले जनाएको छ ।

ट्याक्सी वेबाट विमान चिप्लिएको मात्रै भएका कारण कुनै पनि क्षति भएको छैन ।केही दिन अगाडि बुद्ध एयरको विमानको चक्का नखुलेका कारण ठूलो तनाब भएको थियो ।

प्रतिकृया दिनुहोस्