रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/११ गते
५७९ पटक

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बस्दैछ। ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहीबार दिउँसो स्थायी कमिटीको बैठक बोलाइएको हो।
बैठकमा वडा तथा पालिका अधिवेशनको समीक्षा, राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि मापदण्ड र संख्याको विषय, केन्द्रीय कमिटीमा लैजाने एजेण्डा र समसामयिक एजेण्डामा केन्द्रित रहेर छलफल हुने एमालेले जनाएको छ।
यस अगाडि शुक्रबार बसेको स्थायी कमिटी बैठकले एमालेमा २०७७ चैत मसान्तभित्र पार्टी सदस्य बनेका र नवीकरण गरेकाहरू महाधिवेशन प्रतिनिधि बन्न योग्य हुने जनाएको थियो।
एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको निर्वाचन प्रक्रियामा विद्युतीय मेसिन प्रयोग गर्ने भएको छ। यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्दैछ।