RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/१४ गते
६३० पटक

सरकारले अफगानिस्तानमा पछिल्लो घटनाका कारण अलपत्र परेका ९४० नेपालीको उद्धार गरेको छ । योसँगै अब अफगानिस्तानमा अलपत्र परेर बसेका कुनै पनि नेपाली नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार पनि नेपालीको उद्धार गरेको थियो । मन्त्रालयले अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको नियोग तथा कार्यालयमा अति आवश्यक कार्यहरूमा संलग्न बाहेक कोही नेपाली नरहेको जनाएको छ । अफगानिस्तानबाट उद्धार भई शनिबार ३२ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

शनिबार स्वदेश फर्किएका नेपाली नागरिक अनौपचारिक रुपले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति नलिई अफगानिस्तान गई काबुलस्थित विभिन्न स्थानहरुमा स–सानो समूहमा छरिएर कार्यरत थिए । उनीहरुलाई उद्धार गर्नुपूर्व एउटै समूहमा आबद्ध गरी बस्ने खाने सुविधासहित सुरक्षित रुपमा राख्ने प्रबन्ध मन्त्रालयको अनुरोधमा आईडिजी कम्पनीमार्पmत गरिएको थियो ।

अब अफगानिस्तानमा त्यहाँस्थित संयुक्त राष्ट्रसंघको नियोग तथा कार्यालयहरुमा अति आवश्यक कार्यहरूमा संलग्न केही नेपाली मात्र रहेको मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका निकायहरुले अति आवश्यक मानवीय तथा विकास सम्बन्धी कार्य जारी रहने व्यहोरा जनाउँदै संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीको सुरक्षामा कुनै जोखिम भएमा सबैलाई सुरक्षित रुपमा नेपाल फीर्तिको प्रबन्ध मिलाइने जानकारी दिएको मन्त्रालयले जनाएको छ । नेपालले भदौको पहिलो हप्ताबाट त्यहाँ फसेका नेपालीको लागि उद्धार कार्य शुरु गरेको थियो ।
वैदेशिक रोजगारीको सिलसिलामा नेपाली नागरिक अफगानिस्तानमा रहेको हुँदा त्यहाँ विकसित घटनाक्रमलाई प्रारम्भदेखि नै परराष्ट्र मन्त्रालयले अनुगमन गरिरहेको मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेले जानकारी दिए ।

मन्त्रालयले अफगानिस्तानमा सत्ता परिवर्तनपछि सम्भावित सुरक्षा जोखिमको आकलन गरी स्वदेश फिर्ता गर्ने कार्यका लागि कूटनीतिक पहल थालनी गरेको थियो । त्यस सिलसिलामा मन्त्रालयले काबुल तथा काठमाडांैस्थितमित्र राष्ट्र भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापानका राजदूतावासहरु काबुलस्थित नेटो

सैन्य अधिकारीहरु, संयुक्त राष्ट्र संघीय नियोग तथा कार्यालयहरु, अन्य अन्तर्राष्ट्रिय संघसंस्थाका कार्यालय तथा रोजगारदाता एवं जनशक्ति आपूर्ति गर्ने कम्पनी आदिका स्थानीय कार्यालय एवं उनीहरुका मुख्यालयमार्पmत कूटनीतिक पहल गरेको थियो ।
उद्धार कार्यमा समन्वयका लागि नेपाल सरकारले परराष्ट्र मन्त्रालयको मध्य एशिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा

प्रमुखको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदल र परराष्ट्र मन्त्रालयमा रहेको नियन्त्रण कक्षबाट समन्वय एवं सहजीकरण भएको थियो । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा एक टोली गठन गरी उद्धार तथा स्वदेश फिर्ति कार्यको सहजीकरण र समन्वय गरिएको थियो । उद्धार र स्वदेश फिर्तिका क्रममा कतार, कुवेत, युएइ, पाकिस्तान, लण्डन, वाशिङटन डिसी र न्यूयोर्कस्थित नेपाली नियोगहरु पनि परिचालन गरिएका थिए ।

उद्धार र स्वदेश फिर्तिका लागि रोजगारदाता, मित्रराष्ट्रहरु तथा संयुक्त राष्ट्र संघीय निकायहरुले सहयोग पु¥याएको जनाइएको छ । विगत ४ वर्षमा मेनपावर कम्पनी मार्पmत मात्र ७७९ नेपाली रोजगारीका गएका थिए । यसैगरी व्यक्तिगत रुपमा ४ हजार ४९० नेपाली अफगानिस्थान गएको तथ्यांक रहेको छ ।

यसमा महिलाको संख्या ११ रहेको छ । यस बाहेक पनि अन्य श्रम गन्तव्यमार्पmत रोजगारीमा जाने नेपालीको संख्या पनि रहेको छ ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्