RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/१४ गते
६९५ पटक

काठमाडौं : आइतबार बजार ५५.५ अंकले उकालो लागेको छ।योसँगै नेप्से परिसूचक दुई हजार आठ सय ३७.६१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ९.४६ अंकले बढेर पाँच सय ३०.४६ को विन्दु पनि पुगेको छ।

व्यापार समूह ५.९६ प्रतिशतले बढेको आज होटेल तथा पर्यटन समूहमा ५.२९ प्रतिशत, जलविद्युत समूहमा ५.५ प्रतिशत, वित्त समूहमा ३.५७ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.८३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ५.०२ प्रतिशत,

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये दुई सय ३२ कम्पनीका एक करोड ३८ लाख ९९ हजार तीन सय २२ कित्ता सेयर सात अर्ब ८२ करोड ३२ लाख २६ हजार चार सय ९३ रुपैयाँमा किनबेच भएका छन्। आज आँखुखोला जलविद्युतको सर्वाधिक ३१ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नबिल बैंकको २८ करोड ३ लाख रुपैयाँबराबरको कारोबार भएको आज एभरेष्ट बैंकको २७ करोड ७९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २४ करोड ३५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २२ करोड ९३ लाख रुपैयाँ, अपी पावरको २२ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै एनआईसी एसियाको १९ करोड ७० लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १७ करोड ६७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १७ करोड ५९ लाख रुपैयाँ र नेसनल हाइड्रोपावरको १६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

 

प्रतिकृया दिनुहोस्