RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/१५ गते
६०५ पटक

नेकपा (एकीकृत समाजवादी) मा रहेका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पद आज सकिन लागेको हो।

तत्कालीन समयमा नेकपा एमालेमा रहेका उनीहरुले फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेले उनीहरुलाई कारबाही गरी सांसद पदमुक्त गरेको थियो।

मन्त्री नियुक्त भएलगत्तै सांसद पदबाट मुक्त भएपछि मुख्यमन्त्रीले पुनः वैशाख १५ गते सोही मन्त्रालयहरुमा नियुक्त गरेका थिए। सांसद् पदमा नरहेको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ।

कर्णाली प्रदेश सभामा समाजवादीका तीन मात्र सांसद छन्। रुकुम पश्चिमकी देवी ओली, मुगुका चन्द्र बहादुर शाही र जुम्लाका पदमबहादुर रोकाया समाजवादीका सांसद् हुन्। यदि समाजवादीको दावी कार्यान्वयन भएमा उनीहरु नै मन्त्री हुनेछन्।

‘पहिले पनि यो विषयमा सहमति भइसकेको छ, हाम्रा मन्त्रीहरु सांसद् नभएकोले खाली पदमुक्त हुँदै हुनुहुन्छ,’ उनले भनिन्, ‘यो हाम्रो भाग भएकाले यसमा कुनै दुईमत छैन।’

आजदेखि पदमुक्त हुन लागेका अम्मरबहादुर थापा समाजवादीका कर्णाली प्रदेश अध्यक्ष छन्। उनले पनि आजदेखि खाली हुन लागेका मन्त्रालयहरु समाजवादीले नै पाउनुपर्ने बताए।

‘दुईवटा प्रदेशमा समाजवादीको सरकार हुने सहमति छ, त्यसअनुसार अरु मन्त्रीको पनि भागबण्डाको कुरा होला,’ उनले भने, ‘अहिले प्रधानमन्त्री बाहिर भएकाले निर्णय कुर्नुपर्छ होला।’

प्रतिकृया दिनुहोस्