RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/१६ गते
५९७ पटक

विराटनगर, १६ कात्तिक । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् ।राईसँगै अन्य ५ जना मन्त्रीहरुले पनि शपथ लिने भएका छन् ।गठबन्धनले ५ मन्त्रीको नाम र मन्त्रालय टुंगो लगाएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता जयराम यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ भने एकीकृत समाजवादीकै सांसद खिनुलङ्बा लिम्बूलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

त्यस्तै, काँग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रमुख सचेतक केदार कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्रालय उपनेता हिमाल कार्कीलाई बनाउने सहमति भएको छ भने माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय पाउने सहमति भएको छ ।

प्रतिकृया दिनुहोस्