RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/१७ गते
९६१ पटक

काठमाडौं : नेकपा एमाले चितवनमा हुने राष्ट्रिय महाधिवेशन व्यवस्थित गर्न १३ वटा उपसमिति बनाएको छ ।  प्रतिनिधि व्यवस्थापनको जिम्मेवारी संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेल दिइएको छ।  यस्तै जनपरिचानका लागि सुरेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति बनाइएको छ। जसमा पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लीला गिरी,यामलाल कँडेल, आनन्दप्रसाद पोखरेल, दीपक देवकोटा, सीता पौडेल, देवी ज्ञवाली र कपिल पोखरेल छन् ।

प्रचारप्रसार उपसमितिको संयोजक योगेश भट्टराई, आर्थिक उपसमतिको संयोजक विष्णु रिमाल, यातायात उपसमितिको संयोजक काशीनाथ अधिकारी आवास उपसमितिको संयोजक कृष्णभक्त पोखरेल तोकिएको छ।

त्यस्तै, स्वयंसेवक उपसमितिको संयोजक विनोद श्रेष्ठ खाद्य उपसमितिको संयोजकमा कपिल पोखरेल र पार्वती रावल मञ्च व्यवस्थापनको संयोजकमा  शेरबहादुर तामाङ अतिथि सत्कारको संयायेजक डा.राजन भट्टराई, साँस्कृतिक उपसमितिमा रघुजी पन्त र देवी ज्ञवाली, स्वास्थ्य उपसमितिमा भानुभक्त ढकाल जिम्मेवारी दिइएको छ ।

कार्यालयको जिम्मा कपिल पोखरेललाई दिइएको छ। कार्तिक १२ गतेको केन्द्रीय कमिटी बैठकद्वारा रामबहादुर थापाको संयोजकत्वमा दशौं महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरिसकेको छ। जसको सहसंयोजक सुरेन्द्रप्रसाद पाण्डे, सचिवमा विष्णु रिमाल छन् ।

सदस्यहरूमा अष्टलक्ष्मी शाक्य, पृथ्वीसुव्वा गुरुङ, योगेश भट्टराई, रघुजी पन्त, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, शेरबहादुर तामाङ, विनोद श्रेष्ठ, आनन्द पोखरेल, देवी ज्ञवाली, सीता पौडेल, कपिल पोखरेल, लीला गिरी, दीपक देवकोटा, कृष्णभक्त पोखरेल र पार्वती रावल गरी २३ जना छन् ।

www,annapurnapost.com

प्रतिकृया दिनुहोस्