RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/१७ गते
८३८ पटक

काठमाडौँ — चीन सरकारले नेपाललाई १६ लाख डोज कोरोना खोप सहयोग गरेको छ । चीनले सिनोफार्मले उत्पादन गरेको भेरोसेल सहयोग गरेको हो ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरेकी हुन् ।

राजदूत यान्छीले चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ३ लाख डोज खोप तथा मेडिकल उपकरण सहयोग गर्नेसमेत जनाएकी छिन् । उक्त खोप डिसेम्बर ५ मा आइपुग्ने उनले बताएकी छिन् ।

चीनले हालसम्म ३४ लाख डोज खोप अनुदान दिएको छ । त्यस्तै नेपालले चीनबाट कोभ्याक्स कस्ट सेयरिङअन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ । थप खोप ल्याउने प्रक्रिया चलिरहेको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले जानकारी गराए ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्