RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/२६ गते
१०४७ पटक

आगामी १०–१२ मंसिरमा चितवनको नारायणगढमा हुने नेकपा एमाले दसौँ राष्ट्रिय महाधिवेशनको लोगो, नारा र जिंगल सार्वजनिक भएको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा महाधिवेशन प्रचारमा सहयोग गर्नेगरी लोगो, जिंगल र नारा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा ‘नारायणगढ जाउँ, महाधिवेशन सफल पारौुं भन्ने जिंगलका सार्वजनिक गरिएको छ । यस्तै, गैँडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको लोगो पनि सार्वजनिक भएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता योगेश भट्टराईले महाधिवेशनमा आउने सबै प्रतिनिधिका लागि बस्न आवश्यक होटल र खानपानको व्यवस्था मिलाइ सकेको बताए । उनले सो अवसरमा मौषम परिवर्तनका कारण अहिले गैँडाको बासस्थान जोखिममा रहेको र गैँडालाई पुनः जंगल मै फर्काउने सन्देशसहित सांकेतिक रुपमा गैंडालालाई समावेश गरेको बताए ।

कार्यक्रममा प्रवक्ता भट्टराईले ७५३ वटै स्थानीय तहमा प्रचार प्रसारका लागि गोष्ठी, सेमिनार आयोजना गरिने पनि जनाए । साथै बुद्धिजीवी परिषद्को आयोजनामा प्रमुख सहरहरूमा छलफल पनि चलाइने छ ।

साथै, सम्पूर्ण राजमार्ग र शाखामार्गमा स्वागत द्धार तयार गरिने जनाए । कार्यक्रममा पार्टीका महासचिव इश्वर पोखरेलले महाधिवेशमा देशभरबाट करिब आठ लाख पार्टी सदस्यबाट प्रतिनिधित्व गर्ने साथीहरुले सहभागीता जनाउँने र नयाँ जिम्मेवार नेतृत्व चयन गर्ने बताए ।

प्रतिकृया दिनुहोस्