RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१ गते
८५० पटक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल गठबन्धनबिना चुनावमा आए जमाना जफथ हुने उदघोष गर्नुभएको छ । एमालेलाई सरकारबाट हटाउन अदालत प्रयोग गरिएको तथ्य खोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले एमालेसँग अव एक्लै चुनाव लडने ताकत नेपाली कांग्रेससँग पनि नभएको बताउनु भयो ।

कांग्रेस अव पुरानो कांग्रेस रहेन, कांग्रेस त प्रचण्डपथको पछाडि कुदेको छ, प्रधानमन्त्रीको कुर्सी भए कांग्रेसलाई प्रचण्डपथ पनि स्वीकार्य हुँदो रहेछ भन्ने त तपाई हामीले देखिसक्यौं,’ बाँकेमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भन्नुभयो, ‘कांग्रेस, माओवादी र अरुतिर लागेका कोही भ्रममा नपर्नोेस, एमाले रोजिहाल्नोस, अहिले सरकारतिर रहेका पार्टी देश बनाउन होइन बिगार्ने हुन ।’

अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरुले चुनावसम्मै गठबन्धन भनिरहेको प्रसंग उल्लेख गर्दै एक्लै आए जमाना जफथ हुने ठोकुवा गर्नुभयो । ‘जहाँ पनि चुनावसम्मै गठबन्धन भन्दै हिडिरहेका छन, एक्लै त एमालेसँग लडने कल्पना पनि गर्न सकिदैन भन्ने तथ्य बुझ्नु भएको छ, गठबन्धनबिना चुनावमा आउनु भयो भने तपाईहरुको जमाना जफत हुन्छ,’ ओलीले भन्नुभयो ।

प्रतिकृया दिनुहोस्