RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/८ गते
४१२ पटक

८ मंसिर । एमालेको उद्घाटन र बन्दसत्रको तयारीबारे मूल आयोजक समितिले बुधबारबाट कमाण्ड लिने भएको छ ।

समितिका संयोजक रामबहादुर थापा बादल, सह–संयोजक सुरेन्द्र पाण्डे, प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रचार विभाग उप–प्रमुख सूर्य थापा, बागमती प्रदेश अध्यक्ष आनन्द पोख्रेल चितवन गएर तयारीको कमाण्ड लिनेछन् ।

उनीहरू बुधवारदेखि चितवनमै रहने एमाले नेता रामप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

पार्टी अध्यक्ष केपी ओली लगायतका नेताहरू भने बिहीबार चितवन पुग्ने छन् । चितवनमै एमाले केन्द्रीय कमिटिको अन्तिम बैठकको तयारी भइरहेको छ ।

१० गते नारायणी नदी किनारमा १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरु हुनेछ । बन्द शत्र भने सौराहमा गर्ने तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्