RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१३ गते
६५० पटक

काठमाडौँ — कांग्रेसको प्रदेश र केन्द्रीय महाधिवेशनको तालिका फेरिएको छ । उद्घाटन हुने मिति यथावत् राख्दै महाधिवेशनमा मनोनयनको तालिका फेर्ने निर्णय कांग्रेसका प्रमुख तीन नेताको बैठकबाट गरिएको हो । सोमबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठकले मनोनयन तालिका परिमार्जन गरेको हो ।

परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन अब १७ गतेका लागि सारिएको छ । यस्तै, केन्द्रीय महाधिवेशनमा मंसिर २१ गते हुने भनिएको उम्मेदवारहरूको मनोनयन दर्ता मंसिर २५ गतेका लागि सारिएको छ ।

महाधिवेशन उद्घाटनको मिति भने नसारिएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

‘यसलाई महाधिवेशन सारिएको भन्न मिल्दैन, प्रविधिक रूपमा मिलाउनका लागि १५ गतेलाई १७ गते मनोनयन दर्ता हुने व्यवस्था मिलाउन मात्र लागिएको हो,’ संयोजक घिमिरेले भने, ‘महाधिवेशनको तालिका परिवर्तन भएको छैन ।’

प्रतिकृया दिनुहोस्