RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१४ गते
७२७ पटक

चितवन — नेकपा (एमाले)को दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवार चयनका लागि मतदान जारी रहेको छ । मंगलबार बिहान ४ बजे केपी शर्मा ओलीले विद्युतीय मतदान गरेपछि निर्वाचन सुरु भएको थियो ।

बिहान २ बजेदेखि चुनाव हुने बताइए पनि केही सरेको थियो । एमाले दसौँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै मतदान गणना हुनेछ ।

पदाधिकारीको अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भइरहेको छ । त्यस्तै, विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान भइरहेको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ भने ७ सचिवका लागि ९ नेताले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव सर्वसम्मत निर्वाचित भएका छन् । अधिकांश क्लस्टरबाट केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुँदा केहीमा मात्रै चुनाव हुने भएको छ ।

खुला सदस्य ८४ जनाका लागि १०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, प्रदेश १ खुला र महिला क्लस्टरमा निर्वाचन हुने भएको छ । सुदूरपश्चिमको महिला क्लस्टरमा पनि निर्वाचन हुने भएको छ । दलित खुला सदस्य, थारु खुला सदस्य, पिछडिएको क्षेत्र खुला सदस्यका लागि पनि निर्वाचन हुने भएको छ ।

 

प्रतिकृया दिनुहोस्