RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१९ गते
७९८ पटक

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारीमा भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। उनी कमल थापालाई २ सय मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। लिङ्देनले १८१७ मत ल्याए भने थापाले १६१७ मत ल्याए। उपाध्यक्षमा विक्रम पाण्डे भारी मतका साथ विजयी भएका छन्। उनले २५२१ मत ल्याएर उपाध्यक्षमा विजयी भएका हुन्। त्यस्तै १९४४ मत ल्याउँदै बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान पनि उपाध्यक्षमा निर्वाजित भएका छन्।

महामन्त्रीमा धवलशम्शेर राणा विजयी भए। उनी २२२१ मत ल्याएर विजयी भएका हन्। त्यस्तै महामन्त्री (महिला) तर्फ रेखा थापा चर्चित उम्मेदवार थिइन्। उनी कुन्ती शाहीसँग ३६८ मतान्तरले पराजित भइन्। शाहीले २००८ मत ल्याउँदा थापाले १६४० मत ल्याएकी हुन्।

निर्वाचन आयोग प्रमुख गीताभक्त जोशीका अनुसार विजयी पदाधिकारीको सपथ ग्रहण दिउँसो १ बजे राखिएको छ।

कसले कति मत ल्याए : सूची
अध्यक्ष
राजेन्द्र लिङ्देन– १८१७
कलम थापा– १६१७

उपाध्यक्ष
विक्रम पाण्डे– २५२१
वुद्धिमान तामाङ– १९४४
ध्रुवबहादुर प्रधान– १८१४
रोशन कार्की (महिला)– १५८९

महामन्त्री
धवलशम्शेर राणा २२२१
भुवन पाठक १७०५

कुन्ति शाही (महिला) २००८
रेखा थापा (महिला) १६४०

प्रतिकृया दिनुहोस्