रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/२२ गते
४७२ पटक

काठमाडौं : कांग्रेसले १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार उक्त सूची सार्वजनिक गरेको हो ।
सूचीमा ४ हजार ३१९ जना महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली समावेश गरिएको छ। सूचीमा प्रदेश २ का सातवटा जिल्लाबाट चुनिएका प्रतिनिधिहरुको नाम समेत समावेश छ।
महोत्तरी ३ र सर्लाहीका चारवटै क्षेत्रको नामावली भने सूचीमा समावेश छैन । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार सूचीमा सर्लाही र महोत्तरीको सूची पनि थपिने छ। सर्लाहीको सबै क्षेत्रको अधिवेशन सकिएपछि सूचीमा थप गरिनेछ । सूचीमा जनसम्पर्क समिति र भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुको नाम भने समेटिएको छैन ।