RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/२२ गते
५४० पटक

२२ मंसिर । ओमिक्रोन भेरियन्टबाट नेपालमा संक्रमित देखिएका दुईजना संक्रमणमुक्त भएका छन् ।

हिजो मंगलबार गरिएको कोरोना परीक्षणमा ६६ वर्षका विदेशी र ७१ वर्षका नेपाली नागरिक दुवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार अफ्रिका हुँदै ३ मंसिरमा नेपाल आएका दुईजनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताएको थियो । उनीहरूको सम्पर्कमा रहेका ६६ जनाको पिसिआर रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोम पहिलोपटक गत २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो ।

प्रतिकृया दिनुहोस्