RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/२७ गते
४५५ पटक

काठमाडौं : नेपाली कांग्रेसको जारी महाधिवेशनमा तस्बिर/भिडियो खिच्न नदिएपछि पत्रकारले क्यामरा डाउन गरेका छन्। सोमबार मतदान सुरु भएपछि प्रहरीले मतदानस्थलमा तस्बिर तथा भिडियो खिच्न पत्रकारलाई रोक लगाइएको छ। प्रहरीले बाहिर जान भन्दै पत्रकारलाई दुर्व्यवहार गरेको उनीहरुले बताएका छन्। उनीहरुले दूर्व्यवहार भएको भन्दै माफि नमागे महाधिवेशन बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन्।

कांग्रेस निर्वाचन समितिको निर्देशन भन्दै मतदानस्थलबाट प्रहरीले पत्रकारलाई प्रवेश गर्न नदिइएको त्यहाँ उपस्थित पत्रकारहरुले जनाएका छन्।  पत्रकारलाई गेट बाहिर निकालेपछि पत्रकारहरुले सडकमा क्यामेरा राखी विरोध गरेका छन्।

निर्वाचन समितिका अनुसार महाधिवेशनस्थलको राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ। भृकुटीमण्डपको हलमा प्रदेश नं १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधि र भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ।

प्रतिकृया दिनुहोस्