रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/२७ गते
३७४ पटक

काठमाडौंः नेपाली कांग्रेसको मतदानको समय थपिएको छ। १४औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि जारी मतदानको समय राति ९ बजेसम्मको समय थप भएको हो। केन्द्रीय निर्वाचन समितिले यसअघि साँझ ५ बजेसम्म मतदान गर्ने समय निर्धारण गरेको थियो।
मतदानमा ढिला भएपछि समय थप भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार आजै मतगणना सुरू हुनेछ। कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ। पहिलो चरणमा सभापतिको मतगणना हुनेछ।