रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/२९ गते
८९२ पटक

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उपसभापति पदका उम्मेदवारको मतगणना सुरु भएको छ। पार्टी कार्यालय सानेपामा अहिले मतगणना जारी छ।
आज एक दिन बिदा लिएर बिहीबारबाट मतगणना गर्ने भनिए पनि उम्मेदवारहरूको आग्रहपछि निर्वाचन समितिले आजै गणना गर्ने निर्णय गरेको थियो।
यसअघि सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्। उपसभापतिमा पूर्णबहादुर खड्का, महेश आचार्य डा. चन्द्र भण्डारी, विजयकुमार गच्छ्दार, धनराज गुरुङ, सुजाता कोइराला र दिवेश्वरी शाह उम्मेदवार छन्।