RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१ गते
३१९ पटक

काठमाडौं: नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्। पार्टीको १४औं महाधिवेशनअन्तर्गत भएको चुनावमा यी दुई जना विजयी भएका हुन्। खड्का शेरबहादुर प्यानलका हुन् भने गुरुङ कोइराला प्यानलका हुन्।

देउवा पक्षका अर्का उम्मेदवार विजयकुमार गच्छदार केही मतअन्तरले पराजित भएका छन्। त्यस्तै उपसभापतिका उम्मेदवारहरु चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह पराजित भएका छन्।

प्रतिकृया दिनुहोस्