RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१ गते
२६५ पटक

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी  ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् ।

त्यस्तै, १९८४ मत ल्याउँदै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित भए । केन्द्रीय निर्वाचन समितिले भने मत परिणामको औपचारिक घोषणा गर्न बाँकी छ ।

प्रकाशशरण महत १५५० मतसहित तेस्रो स्थानमा रहे । प्रदीप पौडेल भने १४०९ मतसहित चौथो स्थानमा रहे। त्यस्तै मीनेन्द्र रिजालले ८०९ मत प्राप्त गरे । त्यस्तै राजाराम कार्कीले १०७ मत प्राप्त गरेका छन् ।

महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् । त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् ।

प्रतिकृया दिनुहोस्