सरकारी स्वामित्वमा रहको कोटेश्वरस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले १० हजार श्रमिकलाई रोजागर दिने लक्ष्य राखेको छ । झन्डै ४ दशकपछि नाफातिर उत्मुख भएको कम्पनीले अझै कम्पनीले थप १० हजार जानालाई रोजगारी दिने लक्ष्य राखेको हो ।
कम्पनीका अध्यक्ष डा. सिन्धुप्रसाद ढुगांनाले आगामी दिनमा जडिबुटीबाटै मुनाफा बढाउने लक्ष्यसहित नयाँ व्यापार योजना स्वीकृत गरिएको भन्दै अगामी दिनमा थप १० हजारलाई रोजगार दिने लक्ष्य राखिएको बताए ।
“जडिबुटीको खेती प्रणाली, प्रसोधन, उत्पादन, जनशक्ति, प्रविधि, पुँजीमा र बजारीकणमा स्तर उन्नती गर्दै जाने तयारी भएको छ” उनले भने, “कम्पनीले थप १० हजारलाई रोजगारी दिने तयारी गरेको छ, उनीहरुले जति काम गरे त्यति धेरै रकम पैसा पाउने छन् र नयाँ व्यापार योजनासहित जडिबुटीको बजार बिस्तार युरोपसम्म लग्ने तयारी गरेका छौं ।”
कुनै समय घाटामा रहेर कर्मचारीलाई उपदान दिनसमेत जग्गा बच्न बाध्य भएको कम्पनीलाई मुनाफामा लैजान, मूल्य तथा उत्पादनमा वृद्धि गर्न थालेपछि कम्पनी बल्ल नाफामा जान थालेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ देखि मुनाफामा पहिलोपटकको एक करोड ९२ लाख नाफा कमाएको थियो ।
आव २०७६/०७७ मा यस कम्पनीले एक करोड २२ लाख नाफा कमाएको थियो । आव २०७७/०७८ को अहिले लेखापरीक्षणको काम भइरहेको छ । यो आवमा पनि कम्पनी नाफामा रहेको वन तथा वातावरण मन्त्रालयका भनाइ छ ।
www.karobardaily.com