RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/९ गते
७४६ पटक

काठमाडौँ — सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्री कार्कीकाअनुसार बैठकले औद्योगिक व्यवसाय ऐन, ०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने र विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै, क्रिसमसको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।बैठकले जिल्ला सभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्