RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१७ गते
६९५ पटक

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनबाट आज विधान पारित हुँदैछ। विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।

बन्दसत्रमा अध्यक्ष प्रचण्डले महाधिवेशनमा प्रस्तुत ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिएका थिए।

प्रचण्डले सुझाव र जिज्ञासामाथि जवाफ दिने क्रममा स्थायी कमिटी सदस्य राम कार्कीले राखेका पुरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले राखेका भिन्न मतलाई भिन्न मतकै रूपमा स्वीकारेको जानकारी दिए।

विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ। माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ।

विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया शुरु हुन्छ।

३५ प्रतिशत महिला र ४० प्रतिशत युवा समेटेर केन्द्रीय सदस्यको माग गरेका छन्। उनीहरूले नाम दिएपछि चयन प्रक्रिया अघि बढ्छ। सकेसम्म प्रचण्डले केन्द्रीय सदस्यको नाम सर्वसम्मत गर्ने तयारीमा छन्।

हालसम्म अन्य नेताले अध्यक्षमा दावी गरेका छैनन्, त्यसैले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की छ। वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ। यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ।

प्रतिकृया दिनुहोस्