RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१९ गते
६३९ पटक

काठमाडौँ – देशभरको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशमा अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविद्ले बताएका छन्।हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। उपत्यका र तराईका भूभागमा हुस्सु–कुहिरो लागेको छ।

दिउँसो र राति देशभर आंशिक बदलीको सम्भावना रहे पनि घाम लाग्ने मौसमविद्ले बताएका छन्।यसैबीच बिहानीपख उपत्यकालगायत तराईका जिल्लाहरुमा हुस्सु–कुहिरोसमेत लागेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्