RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/२३ गते
७१९ पटक

काठमाडौं : न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेकाले अझैं तीनदिन वर्षा र हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज प्रदेश १ र प्रदेश २ का एक दुई स्थानमा हल्का वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बिहानको समयमा देशका पश्चिमी, मध्य र पूर्वी तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको थियो।

आज देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशहरुका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष २३ गते
दिउँसो :  देशभर आंशिक देखी सामान्य बदली रही सबै प्रदेशहरुका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने छ ।  प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेश का एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष २४ गते
दिउँसो : देशभर सामान्य बदली रहने छ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन /चटयाङ सहित हल्का देखि मध्यम वर्षाको संभावना तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ गर्जन /चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

पौष २५ गते
दिउँसो : देशको सुदुरपश्चिम र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिक देखी सामान्य बदली रहने छ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा  मेघ गर्जन /चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा  मेघ गर्जन /चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्