RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/२३ गते
४७२ पटक

२३ पुस। ८ जिल्ला रहेको प्रदेश २ का ७ सहित मुलुकभर १६ जिल्लामा नेकपा एमाले अधिवेशन नहुने भएको छ।

प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार विवाद रहेका कारण प्रदेश २ का सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्सा जिल्ला अधिवेशन रोकिएको हो।

सप्तरीमा भने हुने भएको छ। संखुवासभा जिल्ला अधिवेशन २६ पुसमा हुने निश्चित भएको छ। रोल्पामा जिल्ला सचिवको निधन भएकाले अधिवेशन रोकिएको छ भने मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा हिमपात र चिसोका कारण रोकिएका हुन्।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशन उद्घाटन गर्नेछन्।

प्रतिकृया दिनुहोस्